बिहीबार, कात्तिक ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोशी र मधेस प्रदेशमा वर्षाको सम्भावना

 |  बिहीबार, कात्तिक ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले समुन्द्री आधी ‘डाना’ को प्रभाव नेपालमा पनि पर्न थालेको जनाएको छ ।

यसका कारण नेपालको पूर्वी भागमा शुक्रबारसम्म हल्का वर्षाको सम्भावना छ । 

महाशाखाका मौसमविद् मीनकुमार अर्यालले समुन्द्री आधी ‘डाना’ को प्रभावका कारण कोशी प्रदेश र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जानकारी दिए । “समुन्द्री आधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा पर्ने देखिन्छ, बङ्गालको खाडीमा केही दिनअघि यो उत्पन्न भएको थियो । भारतको उडिसा र पश्चिम बङ्गालमा पनि यसको प्रभाव परेको छ”, उनले भने।

प्रकाशित: Oct 24, 2024| 20:09 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्