मंगलबार, असार २४, २०८२

प्रशासनले भन्यो- मर्यादित भएर चाडपर्व मनाउनू

 |  बिहीबार, कात्तिक ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

vianetvianet

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौँले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेका छन्।

जिप्रका काठमाडौँले कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।

“कानुनले निषेध गरेका गतिविधि गरे/गराएमा कानुनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ”, सूचनामा भनिएको छ । तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौँले सबैलाई आग्रह गरेको छ । सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ । 
---

प्रकाशित: Oct 24, 2024| 18:55 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।