मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • रवि लामिछानेविरुद्ध रुपन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

रवि लामिछानेविरुद्ध रुपन्देही अदालतबाट पनि पक्राउ पुर्जी जारी

 |  बिहीबार, कात्तिक ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१
National life
Shivam cement

काठमाडौं- रुपन्देही जिल्ला अदालतले पनि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल बन्जाडे जोशी माथि अनुसन्धान प्रहरीलाई अनुमति दिएको छ।

न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले उनीहरुलाई पक्राउ गर्ने अनुमति दिएको हो। बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रवि र छविसँगै १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अदालतले अनुमति दिएको छ।

यसअघि सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा सारिएको विषयमा नेटवर्कका उपाध्यक्ष छविलाल जोशीसँग जिल्ला अदालत रुपन्देहीमा दुई दिन बयान लिइएको थियो। त्यसपछि उनलाई पोखरा लगिएको थियो।

प्रकाशित: Oct 24, 2024| 18:32 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्