बराहक्षेत्र- मलद्वारमा लागूपदार्थ लुकाई ल्याईरहेको अवस्थामा सुनसरीमा दुई जना लाई पक्राउ गरिएको छ।
लागू औषध ल्याउँदै गरेको सूचना पाएर गएको जिल्लाको इलाका प्रहरी कार्यालय दुहबी र कन्ट्रोल रुम भेहिकल सिआरभि पोस्टले सोमबार राती करिव ९ बजेर ४ मिनेटमा बिराटनगर वाट दुहबी आउँदै गरेको को १८ प २२१ नंबरको मोटरसाईकल चेकजाँच गर्दा इटहरी उपमहानगरपालिका वडा नंवर ४ घर भएका वर्ष २९ को विजय लिम्बु र सोही वडाका ३८ वर्षीय हेमनारायण यादवलाई पक्राउ गरिएको हो।
मोटर साईकल चालक विजय लिम्बुको साथ वाट १२० थान स्पास्मो ट्यावलेट र पछाडि सवार ३८ वर्षिय हेम नारायण यादवले मलद्वारमा लुकाईराखेको १६ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी नायव उपरीक्षक ( डिएसपी) राम तिमिल्सिनाले बताएका छन् ।
पक्राउ गरिएका दुवै लाई इलाका प्रहरी कार्यालय दुहबीमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।