शुक्रबार, कात्तिक ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

 |  बिहीबार, कात्तिक ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

काठमाडौं- सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

triton college

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई अनुसन्धानका लागि हिरासतमा राख्न थप ७ दिनको अनुमति दिएको हो।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते शुक्रबार पक्राउ परेका थिए। लामिछानेलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालते ६ दिन म्याद थपेको थियो।

सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोर्खा मिडियामा आएको र गोर्खा मिडियाको कारोबारमा रवि लामिछाने संलग्न रहेको भन्दै आवश्यक कारबाही गर्न सिफारिस गरेको थियो।

प्रकाशित: Oct 24, 2024| 14:56 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्