मंगलबार, जेठ १९, २०८३

जो ९० वर्षको उमेरमा पनि माटोसँग खेलिरहेछन्

 |  बिहीबार, कात्तिक ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

डडेल्धुरा- सामान्यतया ९० वर्षको उमेरमा अधिकांशलाई हिँडडुल गर्न गाह्रो हुन्छ। तर, डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काँडाका तारादत्त भट्ट ९० वर्षको उमेरमा पनि शारीरिक रुपमा सक्रिय छन्।

National life

यो उमेरमा उनले व्यावसायिक कृषि र पशुपालन गरेर वार्षिक २० लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्। उनले ४० रोपनी जग्गामा तरकारीखेती गरेका छन्। तरकारीबाटै वार्षिक १० लाख रूपैयाँ आम्दानी लिने गरेको उनले बताए। विगत ३० वर्षदेखि भट्टले खसीबाख्रा र भैँसीपालन गर्दै आएका छन्।

हाल उनको गोठमा ५० वटा खसीबाख्रा छन्। तीन वटा उन्नत जातका भैँसी छन्। घरका भित्ताभरी माहुरीका आधुनिक तथा परम्परागत घार छन्। आँगनको कुनामा खरायोका खोर छन्।

कृषि पेसामै सक्रिय भएकाले आफू निरोगी भएको उनी बताउँछन्। 'सानैदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ। जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिनँ', उनी भन्छन्, 'यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएन।'

खेती र पशुपालनबाटै आर्थिकरुपमा सम्पन्न उनले गाउँघरका छिमेकीलाई संकट पर्दा सरसापटी दिने गर्छन्। उनको जाँगर देख्ने जोकोहीले प्रेरणा लिने गरेको स्थानीय दुर्गा भट्टले बताइन्।

Shivam cement

उनले व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेदेखि हालसम्म सरकारी अनुदान लिएका छैनन्। तर माहुरीका लागि भने केही अनुदान पाए सहज हुने र हौसला मिल्ने आशामा छन्।

भट्टको अनुभवमा पछिल्लो समयमा हावापानीमा देखिएको परिवर्तनले धेरै असर गरेको छ। बजारमा पाइने नयाँ बीउ, मल, विषादीले पनि असर गरेको उनको अनुभव छ।

पहिले-पहिले पाँच किलोसम्मको काउली उत्पादन हुने उनको बारीमा आजभोलि त्यत्रो काउली फल्दैन। पहिलेको परिमाणमा भैँसीले दिने दूध नै घटेको उनी बताउँछन्। 'कतै पछिल्लो समयमा आएका यी विकासे घाँसले दूधको उत्पादन घटाएको त होइन?', उनले भने।

देशमै व्यावसायिक कृषि गर्न सके केही हदसम्म रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ। आफ्नै देशमा पसिना बगाउन सके सोहीअनुसार फल प्राप्त गर्न सकिने उनको सुझाव छ। रासस

प्रकाशित: Oct 24, 2024| 21:01 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्