मंगलबार, असार २४, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • म्याद थपका लागि रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

म्याद थपका लागि रवि र छविलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइयो

 |  बिहीबार, कात्तिक ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

vianetvianet

गण्डकी- पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ।

उनीहरूलाई आज अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए। सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दाका सम्बन्धमा लामिछानेलाई शुक्रबार काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएको थियो। थप अनुसन्धानका लागि पक्राउ परेको मितिदेखि लागू हुने गरी आइतबार छ दिनको म्याद थपिएको थियो।

लामिछानेलाई पहिलो पटकको म्याद सकिएपछि आज पुनःअदालत उपस्थित गराइएको हो। पूर्वप्रहरी नायब महानिरीक्षक जोशी सोही सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन्। पोखरामा लामिछानेका समर्थकका साथै सहकारी पीडितका छुट्टाछुट्टै प्रदर्शनका कार्यक्रम जारी रहेकाले सुरक्षा व्यवस्थालाई कडा बनाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित: Oct 24, 2024| 14:15 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्