मंगलबार, जेठ १९, २०८३

यस्तो छ आजको राशिफल [२०८१ कार्तिक ८ गते]

 |  बिहीबार, कात्तिक ८, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक ८, २०८१

मेष : दिन राम्रो छ। आजको प्रयासबाट आम्दानी सहज बन्नेछ। राज्यका कुनै पनि अंगबाट तपाईंले सोचेको काम बन्नेछ। तपाईंले विरोधी ठान्नुभएकाले मित्रवत व्यवहार गर्नेछन्। परिवारले साथ दिनेछ। दिन रमाइलोसँग बित्ने योग देखिन्छ। 

National life

वृष : आफ्नै राशिमा चन्द्रमा र बृहस्पति पुगेका छन्। मनमा हुने शंका निवारण गर्ने क्षमता प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने तपाईं शंकाको घेरामा हुनुहुन्छ। 

मिथुन : आफ्नै कारणले मन दुःखी हुनेछ। पुरानो रोगले सताउने भएकाले औषधी नियमित गर्नु राम्रो हुनेछ। गुरुसँगको संगतले मन शान्त हुनेछ। धन खर्च हुने दिन भएकाले खर्च गर्दा सचेत बन्नु राम्रो हुनेछ। 

कर्कट : साथीहरुप्रति उदार भाव आउने छ। शिक्षाका क्षेत्रमा रहेको झुकावले सफलता मिल्नेछ। पुरानो रोगलाई सानो भनेर लापरवाही गरेमा स्वास्थ्यमा गम्भीर खतरा हुनसक्छ। परिवारको तर्फबाट साथ मिल्नेछ। 

सिंह : भाग्यको स्थानमा चन्द्रमा र बृहस्पति पुगेका छन्। तपाईंले लामो समयदेखि वैदेशिक रोजगारको लागि गरेको प्रयास सफल बन्नेछ। आफ्ना नजिकका साथीले तपाईंलाई घाटा लगाउने भएकाले सचेत बन्नु राम्रो होला। परिवारमा सल्लाह गरेर काम गरेमा फाइदा हुनेछ। 

Shivam cement

कन्या : स्वदेशमा गरेको लगानीबाट नाफा हुनेछ। दाजुभाइको विश्वास गर्दा पश्चाताप हुनसक्छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। साथीभाइको साथले महत्त्तवपूर्ण काम बन्नेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। प्रेम सम्बन्ध समधुर बन्ने योग छ। 

तुला : गोपनीयता भंग हुने भएकाले बोल्नु अगाडि सचेत बन्नु राम्रो हुनेछ। लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा घाटा हुनसक्छ। दक्षिणको लामो यात्रा नगर्नुहोला। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। 

वृश्चिक : दिन सहज छ। बौद्धिक व्यक्तिसँग कानुनी परामर्श हुनेछ। कानुनी लफडा भए तपाईंले न्याय पाउने देखिन्छ। बिहान शिवको भजन सुनेर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। परिवारको तर्फबाट रचनात्मक साथ र सहयोग मिल्नेछ। 

धनु : साथी र संगठनकाले असहयोग गर्ने जोखिम रहेको छ। धार्मिक क्षेत्रको यात्रा तय हुनसक्छ। परिवारको राम्रो साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। 

मकर : सञ्चित धनको अचानक खर्च हुनसक्छ। खर्च कटौती गर्नुपर्ने दिन छ। तास वा जुवामा आज नबस्नु राम्रो हुनेछ। न्यायिक क्षेत्रमा गरेको पप्रयास सफल हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। 

कुम्भ : साना कुराले काम अवरुद्ध हुनेछ। मन अशान्त बन्नेछ। कानुनी परामर्श दिने साथीसँग सहकार्य गरेमा दिन हलुका हुनेछ। शास्त्रको अध्ययन गरेमा दिन सहज बन्नेछ। परिवारको साथ मिल्ने योग छ। 

मीन : दिन रमाइलो छ। बन्धु र दिदीबहिनीले प्रगति गरेको देख्न सकिन्छ। अनियमितताले गम्भीर रोगको जोखिम हुनसक्छ। पेट सम्बन्धी समस्या हुने भएकाले खानपानमा विशेष ध्यान दिनु आवश्यक छ। परिवारको साथमा दिन रमाइलोसँग बित्नेछ।
 

प्रकाशित: Oct 24, 2024| 07:34 बिहीबार, कात्तिक ८, २०८१
प्रतिक्रिया दिनुहोस्