बुधबार, कात्तिक ७, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

गोसाइँकुण्डमा हिमपात

 |  बुधबार, कात्तिक ७, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

triton college
Metro Mart
vianet

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् । 

हिमपातसँगै नौकुण्ड गापाअन्तर्गत दोक्लाङ, रजाङ, सिङ्बन्दी, लारच्याङ्टार, बच्चा, लोकिल, सरमथलीको नेर्कुडाँडालगायत स्थानमा चिसा बढेको नौकुण्ड गाउँपालिका–३ का कार्यवाहक वडाध्यक्ष मेङ्मर थिङ तामाङले बताए।

चिसो बढेसँगै बालबच्चा र ज्येष्ठ नागरिकमा रूघाखोकीको समस्या बढेको वडाअध्यक्ष तामाङले जानकारी दिए । हिउँद सुरु हुनेबित्तिकै हिमपात हुन थालेपछि यस वर्षको हिउँदेबाली सप्रिने आशामा रहेको यार्सा दोक्लाङका युवा गोरमेन तामाङले बताए।

प्रकाशित: Oct 23, 2024| 20:41 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्