मंगलबार, जेठ १९, २०८३

जन्मदिन मनाउन जाँदैथिए, दुर्घटनामा गयो ज्यान

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

झापाको कमल गाउँपालिका–४ केरखास्थित पूर्वपश्चिम राजमार्गमा आज साँझ भएको सवारी दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

National life

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उहाँकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनप्रसाद सोडारीले जानकारी दिए।

उनका अनुसार साँझ ५:३० बजेतिर काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र १–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदाए साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीचौकी केरखाले बस चालक विशाल ठटाललाई तत्कालै नियन्त्रणमा लिएको जनाइएको छ । 

मृतकको सनाखत भइसकेको छैन। मृत्युपछि उनीहरुको शव सडकमै छ। स्थानीयले अहिले राजमार्ग अवरोध गरेका छन्।

Shivam cement

नजिकै रकेको प्रहरी बिटमा पनि आगजनी गरेका छन्। प्रहरी चौकी केर्खामा स्थानीयले ढुंगामुडा गरिरहेका छन्।

मृतक एक बालिका र एक जना पुरुष छन्। बालिकाको आज जन्मदिन रहेको र उनको जन्मदिनका लागि केक लिएर फर्किँदै गर्दा बसले ठक्कर दिएको स्थानीयले बताएका छन्।

प्रहरी चौकीमै तोडफोड गर्न थालेपछि प्रहरीले केही सेल अस्रुग्यास प्रहार गरेको छ। केर्खामा सशस्त्र प्रहरीसहित, नेपाल प्रहरीको थप टोली घटनास्थलमा पुगेको छ।
 

प्रकाशित: Oct 23, 2024| 20:40 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्