मंगलबार, जेठ १९, २०८३

वीपी राजमार्ग २४ सै घण्टा सञ्चालन 

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१
National life
Shivam cement

बीपी राजमार्गमा अब २४ घण्टा नै यातायात सञ्चालन हुने भएको छ। सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सार्वजनिक सूचना जारी गर्दै राजमार्गमा २४ घण्टा नै यातायात सञ्चालनमा आएको जनाएको हो। 

नयाँ ट्र्याक खोलिएको ठाउँमा मर्मत कार्य चलिरहेकोले असोज ३० गते साँझ ६ देखि बिहान ४ बजेसम्म सडक बन्द गरिएको थियो।

गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले भकुण्डेबेंसी-बर्षेखोला खण्डको ८ किलोमिटरभन्दा बढी सडक पूर्ण रूपमा बगाएपछि नयाँ ट्र्याक बनाएर यात्रुवाहक सवारी साधनका लागि मात्र आवागमन खुलाइएको छ। उक्त राजमार्गमा जोखिम भने कायमै छ।

प्रकाशित: Oct 23, 2024| 19:28 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्