बिहीबार, चैत १२, २०८२

फिल्म हलमा बढी मूल्य लिएर सामान बेच्न नपाइने

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

काठमाडौं- चलचित्र हलभित्र अब सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थ अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)भन्दा धेरैमा बेच्न नपाइने भएको छ।

National life

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विज्ञप्ति जारी गर्दै एमआरपीभन्दा बढी मूल्यमा बिक्री–वितरण गरे कानुनबमोजिम कारबाही हुने चेतावनी दिइएको छ।

विभागले यही कात्तिक ५ गते नेपाल चलचित्र संघका पदाधिकारीसँग बजारलाई स्वच्छ र प्रतिस्पर्धी बनाउने र उपभोक्ताको हक अधिकार  संरक्षण गर्ने विषयमा छलफल गरेको थियो।

‘चलचित्र हलको परिसरभित्र प्रशोधित पिउने पानीको बिक्री–वितरण एमआरपी अर्थात् अधिकतम खुद्रा बिक्री मूल्यमा उपलब्ध गराउने सहमति भएबमोजिम अबउप्रान्त कुनै पनि चलचित्र हलको परिसरभित्र कुनै पनि व्यवसायीले सिलबन्दी गरिएका खाद्य तथा पेयपदार्थको प्याकेट वा बोतल उपलब्ध गराउँदा एमआरपीमा तोकिएकै मूल्यमा बिक्री गर्नुहुन अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 23, 2024| 18:26 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्