मंगलबार, असार २४, २०८२

ललितपुरमा १५ देशका वैज्ञानिकको सम्मेलन गरिँदै

 |  सोमबार, कात्तिक ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

vianetvianet

काठमाडौं- १५ देशका वैज्ञानिकहरूको सहभागितामा आगामी ९ कात्तिकदेखि तीन दिनसम्म अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन हुने भएको छ। नेपाल मेटेरियल्स साइन्स सोसाइटीको आयोजनामा ललितपुरस्थित होटेल हिमालयमा सम्मेलन आयोजना हुने भएको हो।

९ देखि ११ कार्तिकसम्म सञ्चालन हुने सम्मेलनमा वैज्ञानिक, प्राध्यापक, अनुसन्धानकर्ता र विद्यार्थीले विज्ञान प्रविधि तथा आविष्कारको क्षेत्रमा भए गरेका गतिविधिबारे छलफल गर्नेछन्। सम्मेलनबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक कमिटीका संरक्षक डा. देवलप्रसाद भट्टराईले सम्मेलनले वैज्ञानिकहरूलाई भेला पारेर आआफ्ना उपलब्धि र अनुभव साटासाट गर्न लागिएको जानकारी दिए। 

उनका अनुसार यो सम्मेलनमा चीन, भारत, मलेसिया, इन्डोनेसिया, जापान, अमेरिकालगायत १५ देशका वैज्ञानिक आउँछन् भने नेपालका वैज्ञानिकहरूको पनि उपस्थिति हुनेछ। सम्मेलनमा मुख्य त वातावरण र ऊर्जा क्षेत्रको विषयमा बढी छलफल हुनेछ। विश्वका अन्य मुलकहरूले शिक्षा, स्वास्थ्य, उद्योगलगायत क्षेत्रमा कस्तो विज्ञान अपनाइरहेका छन् भन्नेबारे छलफल गरिने डा. भट्टराईले बताए।

९ कात्तिकमा हुने उद्घाटन समारोहमा शिक्षामन्त्री विद्या भट्टराई पनि सहभागी हुने बताइएको छ।

प्रकाशित: Oct 21, 2024| 21:48 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।