बिहीबार, चैत १२, २०८२

मौरीबाट वार्षिक १६ लाखको कारोबार, सात लाखसम्म बचत

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

दाङ- घोराही उपमहानगरपालिका-१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्। लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उनले व्यावसायिक रूपमा मौरीपालन थालेको १६ वर्ष पूरा भयो। 

National life

हाल उनको फार्ममा एक सय ५० मौरीसहितका घार छन्। उनले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आएका छन्। मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लागेका उनको घरबाटै मह बिक्री हुने गरेको छ।

वार्षिक १६ लाख रूपैयाँको कारोबार गरिरहेका पौरखी घर्तीले सात लाख रूपैयाँ बचत हुने गरेको बताए। एक किलो मह पाँचसय रूपैयाँमा बिक्री गर्दै आएको उनले सुनाए।

वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उनले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताए। गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उनी बताउँछन्।

मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उनको भनुभव छ। बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उनी बताउँछन्।

Laxmi sunrise bank
kumari

यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उनले बताए। रासस

प्रकाशित: Oct 23, 2024| 21:31 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्