मंगलबार, भदौ २, २०८३

उपराष्ट्रपति यादव अस्पताल भर्ना

 |  बुधबार, कात्तिक ७, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ७, २०८१

उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन्। हर्नियाको शल्यक्रियाका निम्ति उनी मङ्गलबार साँझ भर्ना भएका हुन्।

उपराष्ट्रपतिका निजी चिकित्सक डा शिवजीविक्रम सिलवालका अनुसार उनको आज शल्यक्रिया गरिने छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्याबाट पीडित थिए। उको शल्यक्रिया प्राध्यापक डा रमेशसिंह भण्डारी र सहप्राध्यापक डा सुमिता प्रधानले गर्नेछन्।

प्रकाशित: Oct 23, 2024| 09:03 बुधबार, कात्तिक ७, २०८१
प्रतिक्रिया दिनुहोस्