मंगलबार, जेठ १९, २०८३

धनराज गुरुङको प्रश्न- निकिता पौडेललाई हिरासतमा किन नराखेको ?

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी प्रकरणमा आफ्नो संलग्नता नहरेको बताएका छन्।

National life

उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसद्‍मा कुरा राखिसकेको पनि बताएका छन्। उनले आफू भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली भएको दाबी गरेका छन्।

‘सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता नभएको र निष्पक्ष छानबिनको लागि मैले सम्मानित संसद्‍मा कुरा राखिसकेको छु’, उनले सामाजिक सञ्जालमा भनेका छन्,‘म सधैं भ्रष्टाचार र भ्रष्टाचारीको विरुद्धमा खरो उत्रने सच्चा नेपाली हुँ।’

उनले रास्वपाका कार्यकर्ताले आफ्नो तस्बिर राखेर आन्दोलन गरिरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनले ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही किन नगरेको भनेर प्रश्न गरेका छन्।

उनले लेखेका छन्–‘म रास्वपाका साथीहरूलाई सोध्न चाहन्छु यदि ज्योति गुरुङले गरेको गल्तीको दोषी मलाई बनाएर नाराबाजी गर्ने हो भने रवि लामिछानेले गरेको गल्तीमा निकिता पौडेललाई पनि हिरासतमा राखेर कारबाही गर्न किन माग नगरेको ?’

Shivam cement

प्रकाशित: Oct 22, 2024| 21:23 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्