बिहीबार, चैत १२, २०८२

बाजेको सेकुवामा बदमासी

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनामनगरस्थित बाजेको सेकुवालाई कारबाही गरेको छ। 

National life

तयारी खाद्य पदार्थ लेबल नलगाई भण्डारण गरेको पाइएपछि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको विभागले जनाएको छ।

बाजेको सेकुवाले मसीजन्य कागजमा लेबल नलगाई प्रयोग गर्ने गरेको समेत पाइएको छ। यसको प्रयोगले मानिसको स्वास्थ्यमा असर पर्ने हुँदा प्रयोग नगर्न निर्देशन दिइएको छ। 

बाजेको सेकुवामा प्याकेट स्टिक नुडल्स भण्डारण कक्षमा फेला परेको थियो। यस्तै घ्यू तथा प्रशोधित पिउने पानीका दुईवटा नमुना मोबाइल फुड ल्याबमा चेकजाँच गरी लेबल नभएको नुडल्स नष्ट गरिएको छ। साथै कृत्रिम रंगको प्रयोग मापदण्ड विपरीत नगर्न निर्देशन दिइएको छ। उक्त रेष्टुरेन्टमा खाद्य ऐनविपरीत खाद्य वस्तु तथा पदार्थको बिक्रीवितरण गरेको पाइएको हुँदा कारबाही गरी मुद्दा दायर गरिने विभागले बताएको छ।

यसैगरी जम्काभेट रेस्टुरेन्ट एण्ड लाउन्ज अनामनगरमा भएको निरीक्षण अनुगमनमा तयारी खाद्य पदार्थ लेबल नलगाई भण्डारण गरेको र धमला डेरीबाट उत्पादित लेबल बिनाको बटर प्रयोग गर्ने गरेको पाइएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए।  रेष्टुरेन्टमा दूध तथा प्रशोधित पिउने पानीका ३ वटा नमुना मोबाइल फुड ल्याबमा चेकजाँच गरिएको थियो। 

Laxmi sunrise bank
kumari

अनामनगरकै किम्ची फास्टफुड एण्ड तन्दुरी रेस्टुरेन्टमा काँचो तथा पकाएका खाद्य पदार्थ लेबल विवरण नलगाई एकै ठाउँमा नछोपी भण्डारण गर्ने गरेको र सरसफाइ नभएको पाइएको छ। मासु अघिल्लो दिनमै फ्राइ गर्ने गरेको तथा पूर्ण लेबल विवरण नभएको स्लाइस ब्रेड प्रयोग गर्ने गरेको पाइएको हो।

उक्त रेष्टुरेन्टमा दूध, घ्यू तथा प्रशोधित पिउने पानीका ५ वटा नमुना मोबाइल फुड ल्याबमा परीक्षण गरिएको छ। रेष्टुरेन्टलाई पूर्ण लेबल विवरण भएका खाद्य पदार्थ मात्र प्रयोग गर्न, सरसफाइमा ध्यान दिई खाद्य स्वच्छता कायम गर्न र मासु फ्राइ प्रयोग गर्ने दिनमै गर्न निर्देशन दिनुका साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम थप अनुसन्धान तथा कारबाही प्रकृया अगाडि बढाइएको छ।  
 

प्रकाशित: Oct 22, 2024| 20:38 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्