मंगलबार, जेठ १९, २०८३

'रारा रिसोर्ट'को निर्माण प्रक्रिया अघि बढ्यो

 |  मंगलबार, कात्तिक ६, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ६, २०८१

काठमाडौं- रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छाँयानाथ रारा नगरपालिका-९ मुर्माटपमा बनाउन लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) स्वीकृति गरेको छ।

National life

काठमाडौंमा भएको तेस्रो नेपाल लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको  रारा होल्डिङ्स प्रालिबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। 

विभागले १९ भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने रारा रिसोर्टको निर्माण तथा सञ्चालन गर्ने प्रयोजनार्थ वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम पेस गरेको प्रारम्भिक वातावरणीय अध्ययन आइइईको प्रतिवेदन स्वीकृत गरेको जनाएको छ। विभागले आइइई अनुमति दिएसँगै रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको हो।

विभागले वातावरणीय अध्ययन स्वमूल्यांकन छ-छ महिनामा पेस गर्नुपर्ने उल्लेख गरेको छ। मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा रु ७० करोड लगानी हुनेछ।

रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली ढाँचामा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाहले बताए।

Shivam cement

शाहका अनुसार अब छिट्टै नै  रिसोर्टको औपचारिक शिलान्यास गर्दै निर्माणलाई तीव्रता दिइने जानकारी दिए।

प्रकाशित: Oct 22, 2024| 17:01 मंगलबार, कात्तिक ६, २०८१
प्रतिक्रिया दिनुहोस्