मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सवारी दुर्घटनामा एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर

सवारी दुर्घटनामा एकै परिवारका चारजना घाइते, एकको अवस्था गम्भीर

 |  सोमबार, कात्तिक ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका-२ स्थित मदन भण्डारी लोकमार्ग सडक खण्डमा आज सोमबार भएको सवारी दुर्घटनामा एकै परिवारका चार जना घाइते भएका छन्।

National life

बिहान करिब १० बजेर २० मिनेटमा विराटनगरबाट हेटौंडा गइरहेको बागमती प्रदेश ०१-०२७९ च ६०६९ नम्बरको निजी क्रेटा कार अनियन्त्रित भई दुर्घटना हुँदा विराटनगर महानगरपालिका-११ जनपथ टोल घर भएका सुदीप कार्कीको टाउकोमा गम्भीर चोट लागेको छ।

कारमा सवार सोही वडा बस्ने युवराज कार्कीको टाउकोमा र उनकी पत्नी प्रबिता कार्कीको बायाँ हात र सुदीप कार्कीकी भतिजी आरुषी कार्कीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षकराम तिमल्सिनाले जानकारी दिएका छन्।

घाइतेहरुको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कार चालक विराटनगर-५ निवासी ४१ वर्षिय मनोज कार्कीलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान भइरहेको प्रवक्ता तिमिल्सिनाले बताए।

Shivam cement

प्रकाशित: Oct 21, 2024| 14:02 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्