मंगलबार, असार २४, २०८२

अरिंगालको टोकाईबाट घाइते एकको मृत्यु

 |  सोमबार, कात्तिक ५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

vianetvianet

बाजुरा- बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ। असोज २५ गते अरिङ्गालले  टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो। 

भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए। असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो। 

सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो। 

प्रकाशित: Oct 21, 2024| 13:37 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।