मंगलबार, जेठ १९, २०८३

उच्च पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

 |  सोमबार, कात्तिक ५, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ५, २०८१

काठमाडौं- मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

National life

अहिले बिहान लुम्बिनी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ।

त्यस्तै मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ।

सोमबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।

लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

Shivam cement

राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Oct 21, 2024| 06:35 सोमबार, कात्तिक ५, २०८१
प्रतिक्रिया दिनुहोस्