सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पार्टी कार्यालयबारे बोल्ने तीन नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

पार्टी कार्यालयबारे बोल्ने तीन नेतालाई एमालेले सोध्यो स्पष्टीकरण

 |  आइतबार, कात्तिक ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

vianetvianet

काठमाडौं- पार्टी कार्यालय निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई नेकपा (एमाले) ले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टी सचिवालयको बैठकले भवन निर्माणका विषयमा असहमति राख्ने स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

यसैगरी लामो समयदेखि पार्टीको नीतिसँग असहमति राखेर आफ्ना विचार प्रकट गरिरहेको भन्दै पूर्व उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय भएको छ।

‘पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पार्टी केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिनुभएकोमा उहाँहरूले के कति कारणले उहाँहरूले त्यसप्रकारका गतिविधि गरिराख्नुभएको छ भन्ने विषयमा स्पष्टीकरण सोध्ने निर्णय भएको छ,’ बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले भने।

प्रकाशित: Oct 20, 2024| 19:43 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।