मंगलबार, कात्तिक ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

 |  आइतबार, कात्तिक ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं- सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री, सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ। 

triton college

पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो। शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो।

शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आज अदालतमा पेश गरिएको थियो। उनलाई अदालतमा पेश गर्नुअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए। उता राष्ट्र बैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए।

जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो। निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो। यसैगरी प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास पनि प्रहार गरेको थियो।

प्रकाशित: Oct 20, 2024| 17:31 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्