मंगलबार, जेठ १९, २०८३

मनाङमा लेक लागेर पर्यटकको मृत्यु

 |  आइतबार, कात्तिक ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

मनाङ- मनाङको ङिस्याङ गाउँपालिकामा राति सकुशल सुतेका एक विदेशी पर्यटक बिहान मृत भेटिएका छन्। उनको लेक लागेर मृत्यु भएको आशंका गरिएको छ।

National life

ङिस्याङ-३ याकखर्कमा टेन्टमा बसिरहेका स्वीट्जरल्याण्डका नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्वीट्जरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिए। राति सकुशल सुतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। 

'लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो', प्रहरी निरीक्षक केसीले भने, 'सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको छ।'

प्रहरीका अनुसार उक्त स्थानबाट १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिए। रासस  

Shivam cement

प्रकाशित: Oct 20, 2024| 18:01 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्