सोमबार, असार २३, २०८२

तनहुँ जलविद्युतको आधा काम सकियो

 |  आइतबार, कात्तिक ४, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

vianetvianet

तनहुँ- निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ। तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ। 

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज-१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ।

प्याकेज-२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ। प्याकेज-३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ।

आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ। प्याकेज-१ अन्तर्गत बाँध निर्माण जारी छ भने सुरुङ, विद्युतगृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज-२ को काम पनि भइरहेको छ। 

प्याकेज-३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ। रासस

प्रकाशित: Oct 20, 2024| 19:01 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।