मंगलबार, जेठ १९, २०८३

कुवामा डुबेर दाङमा एक जनाको मृत्यु

 |  आइतबार, कात्तिक ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१
National life
Shivam cement

दाङ- कुवामा डुबेर एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो। 

आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताए। प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ।  

प्रकाशित: Oct 20, 2024| 15:24 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्