मंगलबार, जेठ १९, २०८३

पर्यटन व्यवसायी मिश्रको निधन

 |  आइतबार, कात्तिक ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

काठमाडौं- पर्यटन व्यवसायी वसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ।

National life

डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका ७३ वर्षीय मिश्रको उपचारकै क्रममा निधन भएको हो।

साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय थिए। मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गरेका थिए। उनको नवलपरासीमा टेम्पल टाइगर ग्रिन जंगल रिसोर्ट, भेन्चर ट्राभल, ठमेलमा अपार्टमेन्ट लगायत व्यवसाय छन्।

भेन्चर ग्रुप अफ कम्पनिजका कार्यकारी अध्यक्ष मिश्रको शव आज दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि ललितपुर कुपन्डोलस्थित उनकै निवासमा राखिने भएको छ। त्यसपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ ।

मिश्रका श्रीमती, एक छोरा र एक छोरी छन्।
 

Shivam cement

प्रकाशित: Oct 20, 2024| 09:47 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्