बुधबार, पुस २, २०८२

रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

 |  आइतबार, कात्तिक ४, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ४, २०८१

सहकारीको रकम अपचलन तथा संगठित अपराधमा जोडिएर पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेश गरिँदैछ।

National life

जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिनलाई उनलाई अदालतमा पेश गर्न लागेको हो। शुक्रबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले काठमाडौंमा पक्राउ गरेर लामिछानेलाई शनिबार राति कास्की ल्याइएको थियो।

शनिबार अदालत बन्द भएकाले उनलाई आज अदालतमा पेश गरेर प्रहरीले म्याद लिनेछ। पूर्व गृहमन्त्री लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख रुपैयाँ अपचलन भएको सहकारी छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

सरकारले प्रतिवेदन कार्यन्वयनका लागि प्रहरीलाई निर्देशन दिएपछि रवि पक्राउ परेका हुन्। यसअघि असोज ६ गते गोर्खा मिडिया नेटवर्कमा रविका व्यवसायिक साझेदार पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेर कास्की प्रहरीको हिरासतमा छन्।
 

प्रकाशित: Oct 20, 2024| 07:40 आइतबार, कात्तिक ४, २०८१
प्रतिक्रिया दिनुहोस्