बिहीबार, चैत १२, २०८२

शान्ति सिर्जनालाई कोशी सरकारबाट आर्थिक सहयोगको पहल गरिने

 |  शनिबार, कात्तिक ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३, २०८१

सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुनर्वास स्थित शान्ति सिर्जना परिवारलाई कोशी प्रदेश सरकारबाट आर्थिक सहयोगको पहल गरिने कोशी प्रदेश सांसद ममता योन्जन तामाङले बताएकी छिन्।

National life

शनिबार शान्ति सिर्जना परिवारको आठौं साधारणसभालाई सम्बोधन गर्दै तामाङले सामाजिक कार्यमा सक्रिय परिवारलाई आवश्यक आर्थिक तथा भौतिक सहयोगको लागि प्रदेश सरकार घच्घच्याउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

'कागजसहित प्रदेशको सामाजिक विकास शाखामा निवेदन दिनुहोस्, रकम निकाशाको लागि छलफलमा म भरपुर प्रयास गर्छु', तामाङले भनिन्। साधारणसभामा शान्ति सिर्जना परिवारका सचिव अर्जुन कार्कीले आर्थिक वर्ष २०८०/८१ को ३ लाख ४२ हजार रुपैयाँ आम्दानी र खर्च ४ लाख ९४ हजार रुपैयाँ तथा १ लाख ५२ हजार घाटा रहेको विवरण प्रस्तुत गरे।

कार्यक्रममा वडा सदस्य चुनु श्रेष्ठ, सगरमाथा क्लवका अध्यक्ष युवराज भट्टराई, श्यामलाल श्रेष्ठ, कुमार कार्की, शान्तिराम खतिवडा, पूर्व वडा सदस्य सुमित्रा घिमिरे, प्रह्लाद थापा लगायत अतिथिहरुको उपस्थिति रहेको थियो।

२०७३ सालमा गठन भएको परिवारले वडाको विभिन्न सामाजिक कार्यमा सहयोग गर्ने गरेको छ। भजन किर्तन र देउसी भौलो खेलेर २ कठ्ठा ३ धुर एलानी जग्गामा अढाई तल्लाको भवन बनाएको छ। सोही भवनबाट शान्ति सिर्जना परिवारले आगन्तुक तथा स्थानीय वडा बिवाह, ब्रतवन्ध, पूजा, मृत्यु संस्कारको भवन उपलब्ध गराउँदै आएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 19, 2024| 20:45 शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्