बिहीबार, चैत १२, २०८२

सुनसरीको चतरामा बालविवाह गर्ने ३ चिनियाँसहित ८ जना पक्राउ

 |  शनिबार, कात्तिक ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३, २०८१

सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नंबर १ चतरामा बाल विवाह गरिरहेका ३ बिदेशी चिनियाँ नागरिक सहित ८ नेपालीलाई इलाका प्रहरी कार्यालय चक्रघट्टिले पक्राउ गरेको छ।

National life

असोज महिना को ३० गते बुधबार वाल विवाह गराईरहेको सुचना पाएर गएको प्रहरीले चतरा स्थित  औलिया बाबा मन्दिर वाट  चिनियाँ नागरिकहरु वर्ष ३३ को लि टेङ( Li.Teng), वर्ष ३५ को दोङ सिहावो( Dong Shihao) र वर्ष ३५ कै अर्का वु.हेजि( Wu.Hezi) लाई पक्राउ गरिएको सुनसरी  जिल्ला प्रहरी कार्यालय निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक दिनेश अधिकारीले बताएका छन्।

यसैगरी पक्राउ पर्नेमा नेपालीहरुमा धनकुटा जिल्लाको छ्थर गाउँ पालिका को वडा नं २ घर भई बस्ने वर्ष ३९को लोक वहादुर परियार र १७ वर्षीया सम्झना परियार, उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नं ९ घर भएका वर्ष ४३ को दिपक दर्जी र वडा ३ बस्ने ४२ वर्षका बद्री विक्रम राई  यसैगरी स्याङ्जा जिल्लाको पुतली बजार नगरपालिका को वडा नंबर १२ बस्ने २० वर्षीया सितल गुरुङ यस्तै  काभ्रेपलान्चोक जिल्लाको रोशी गाउपालिकाको वडा नंबर ३ घर भएकी वर्ष २० कि रोशनी माया तामाङ्ग रहेको  प्रवक्ता अधिकारीले बताए।

 पक्राउ गरिएकाहरुमा किशोरी सम्झना परियार संग विवाह गरिरहेका चिनको हुवेइ प्रोभिन्सका लि टेङ्ग,केटी को वुवा लोक बहादुर परियार, चिनियाँ भाषा दोभाषेहरु सितल  गुरुङ्ग र रोशनीमाया तामाङ्ग यस्तै विवाह मिलाईदिने बद्री बिक्रम राई र दिपक दर्जी र  अन्य दुई चिनको हुवेइ प्रोभिन्सका वु हेजि र जिङ्ग्सी प्रोभिन्सको दोङ शिहावो रहेको डिएसपी अधिकारीले जानकारी दिए।

आरोपीहरु काठमाडौमा बस्ने गरेको र उनिहरुको सामाजिक संजाल मार्फत आपसी चिनजान भएको हो। लमि बेलकाका बद्री बिक्रम राईको छोरी पनि चिनियाँसँग बिहे गरेको र सम्झनालाई आर्थिक प्रलोभनमा  विवाह गर्न उस्काएको खुल्न आएको प्रहरीले बताएको छ। हाल आरोपी हरु लाई बाल बिबाह सम्बन्धि कसुरमा थप अनुसन्धान भैइरहेको प्रवक्ता अधिकारीले बताए।

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Oct 19, 2024| 20:15 शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्