मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • चतरा अस्पतालले गर्‍यो महिला स्वयंसेविकालाई एक लाख रुपैयाँले सम्मान

चतरा अस्पतालले गर्‍यो महिला स्वयंसेविकालाई एक लाख रुपैयाँले सम्मान

 |  शनिबार, कात्तिक ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३, २०८१

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.२ को चतरामा रहेको चतरा अस्पतालले सेवा निवृत ४ जना महिला स्वयंसेविकालाई १ लाख रुपैयाँले सम्मान गरेको छ।

National life

शुक्रबार अस्पतालले आयोजना गरेको स्वागत, सम्मान कार्यक्रममा अस्पतालले ३ दशक बढी समय सेवा गरेका सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु दुर्गादेवी बुढाथोकी, इन्दिरा सापकोटा, खड्गमाया मगर र तारा भुजेललाई सम्मान गरि विदाई गरेको हो।

कार्यक्रममा स्वयंसेविकालाई विदाईसँगै उत्कृष्ट कर्मचारी र महिला स्वास्थ्य स्वयंसेविकालाई पुरस्कृत, पूर्व पदाधिकारीलाई सम्मान र नवनियुक्त कर्मचारीलाई स्वागत तथा तथा पूर्व कर्मचारीहरूलाई फेरी भेटौला कार्यक्रम गरी बिदाइ गरिएको थियो।

आर्थिक वर्ष २०७९ /०८० को लागि उत्कृष्ट महिला कर्मचारी सविना कटुवाल र पुरुष तर्फ टीकाराम राई त्यस्तै २०८०/०८१ मा महिला तर्फ पुष्पा साह र पुरुषतर्फ यम बहादुर भण्डारी घोषित भए। उनीहरूलाई जनही नगद १५/१५ हजार सहित सम्मान पत्रले पुरस्कृत गरिएको थियो।

उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको रूपमा कल्पना श्रेष्ठ सम्मान पत्र सहित नगद ५ हजार रुपैयाँ सम्मानित भएकी थिइन्। यसैगरी अस्पताल व्यवस्थापन समितिका पूर्व उपाध्यक्ष युवराज भट्टराई, पूर्व सदस्य प्रह्लाद भट्टराई र गोपाल शर्मालाई सम्मान गरिएको थियो।

Laxmi sunrise bank
kumari

कार्यक्रममा नवनियुक्त चिकित्सक डाक्टर बिश्वराज पराजुली, आयुर्वेदिक डाक्टर दिव्या सोनाली र अन्य निशु आचर्य र रामविलास यादवलाई स्वागत गरिएको थियो। डाक्टर सुरज थापा मगर भिन्न विभागका कर्मचारीहरु डार्विन मेहता, सहदत्त मन्सुरी,हरिनन्दन यादव,प्रविना घिमिरे र ममता कार्कीलाई विदाई गरिएको अस्पतालका व्यवस्थापक डाक्टर अनिल गिरिले बताए।

कोसी प्रदेश सांसद ममता तामाङको प्रमुख आतिथ्यता भएको कार्यक्रममा विशिष्ट अतिथि कोसी प्रदेश सभासद यशोदा कायस्थ, चतरा अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष हरिकृष्ण भट्टराई, वडाका जनप्रतिनिधि, राजनैतिक दलका पदाधिकारीहरू, व्यवस्थापन समितिका पदाधिकारी लगायत अतिथि रहेका थिए।

चतरा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं.२ का अध्यक्ष होमप्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष प्रदीप बस्नेतले राखेका थिए।

आयुर्वेदिक सेवा शुरु
उदयपुर, भोजपुर र धनकुटा पहाडी जिल्लाका सेवाग्राही हरुको पहिलो रोजाई बनेको चतरा अस्पतालले आयुर्वेदिक चिकित्सा सेवा समेत शुरु गरेको छ। दैनिक करिव ३ सय सेवाग्राहिले सेवा लिने गरिएको अस्पतालले २४ घंटे आकस्मिक, बिहान ७ बजे देखि राती ८ बजे सम्म बहिरंग सेवा (ओपिडी) यस्तै आँखा, दांतको विशेषज्ञ,फिजियो थेरापी, महिला प्रजनन सेवा दिने गरेको छ।

आन्तरिक श्रोतवाट संचालित अस्पताल नेपाल सरकारको छात्रवृत्ति करार अनुसार ६ जना, १० जना थाई र साझेदारी संस्था तथा अन्य गरि ५० गरि जम्मा ७० जना कर्मचारी रहेका छन।

प्राथमिक स्वास्थ्य केन्द्र वाट स्तर उन्नति भएर १५ शय्या को होस्पिटल बनेको चतरा अस्पतालले वडा २ लाई देशकै पहिलो पुर्ण स्वास्थ्य विमा भएको वडा घोषणा गराएर नमुना स्वास्थ्य संस्थाको रुपमा उपलब्धि कमाउदै गएको छ।

प्रकाशित: Oct 19, 2024| 19:59 शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्