सोमबार, असार २३, २०८२

रोकेर राखेको बसमा आफैं आगो लागेपछि...

 |  शनिबार, कात्तिक ३, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३, २०८१

vianetvianet

ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ । 

ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको  बा४ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सर्ट’ भई आगलागी  भएको उनले जानकारी दिए । बसमा आगलागी  भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो ।

आगलागीबाट बस पूर्ण रूपमा क्षति भएको छ । बसमा यात्रु नभएकाले मानवीय क्षति हुनबाट भने जोगिएको छ।

प्रकाशित: Oct 19, 2024| 18:52 शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।