मंगलबार, जेठ १९, २०८३

चाडबाडमा पनि घटेनन् विदेशिने

 |  शनिबार, कात्तिक ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३, २०८१
National life
Shivam cement

काठमाडौं- चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन्। असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन्। 

यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ। गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेसिएका थिए।

प्रकाशित: Oct 19, 2024| 17:13 शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्