मंगलबार, पुस १, २०८२

सभामुखलाई दिइयो सांसद लामिछाने पक्राउ परेको जानकारी

 |  शनिबार, कात्तिक ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३, २०८१

काठमाडौं- कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछाने पक्राउ परेको जानकारी सभामुख देवराज घिमिरेलाई गराएको छ।

National life

रास्वपा सभापतिसमेत रहेका लामिछाने कास्की जिल्ला अदालतको अनुमतिमा शुक्रबार पक्राउ परेका हुन्। कास्की प्रहरीले शुक्रबार नै लामिछाने पक्राउ परेको जानकारी सभामुख घिमिरेलाई दिएको हो।

संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको विज्ञप्तिमा लामिछानेलाई फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएको जानकारी प्रहरीले शुक्रबार नै सभामुखलाई दिएको उल्लेख छ। प्रतिनिधि सभा सदस्यलाई पक्राउ गरेपछि सभामुखलाई त्यसबारे जानकारी गराउनुपर्छ।

शुक्रबार काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई राति नै कास्की लगिएको छ। आज शनिबार भएकाले म्याद थपका लागि प्रहरीले आइतबार लामिछानेलाई अदालत उपस्थित गराउनेछ।

प्रकाशित: Oct 19, 2024| 15:37 शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्