मंगलबार, जेठ १९, २०८३

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

 |  शनिबार, कात्तिक ३, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३, २०८१

नेपालगञ्ज- बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ। अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो।

National life

केन्द्रप्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधिअनुसार तथ्याङ्क आउनुपर्ने बताए।

उनले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए। ‘हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ,’ उनले भने।

जिल्लाको ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ। यसवर्ष प्रति हेक्टर कम्तीमा ४.३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका–४ वैजापुर निवासी हरेराम चौधरीले गतवर्ष भन्दा यसवर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए। उनले समयमा नै पानी परेको र समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे।

Shivam cement

प्रकाशित: Oct 19, 2024| 19:31 शनिबार, कात्तिक ३, २०८१
प्रतिक्रिया दिनुहोस्