बिहीबार, चैत १२, २०८२

रवि लामिछाने पक्राउ, पोखरा लगिँदै

 |  शुक्रबार, कात्तिक २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, सांसद तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन्।

National life

उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पक्राउ गरेको हो।

रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए। कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति थियो।

लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिनेछ। उनीविरुद्ध कास्की जिल्ला अदालतले सहकारी ठगी उजुरीमा पक्राउ पुर्जी जारी गरेको हो।

प्रकाशित: Oct 18, 2024| 18:56 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्