सोमबार, असार २३, २०८२

प्रचण्डले दिउँसै भनेका थिए- रवि पक्राउ पर्छन्

 |  शुक्रबार, कात्तिक २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

vianetvianet

काठमाडौं- सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो। लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनलाई आजै पक्राउ गरेर पोखरा लगिँदैछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए। आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन्।

टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो।
 

प्रकाशित: Oct 18, 2024| 18:51 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्

थप समाचार

हराउँदै रैथाने धान

हराउँदै रैथाने धान

कृषिप्रतिको बढ्दो अनिच्छासँगै थोरै क्षेत्रफलमा धेरै धान उत्पादन गर्ने स्थानीयको इच्छाले परम्परागत धान लोप हुँदै गएको कृषक बताउँछन्।
मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

मागभन्दा उत्पादन बढी भएपछि ह्याचरी उद्योगद्वारा चल्ला उत्पादन बन्द

चल्ला बिक्री नहुँदा सञ्चालनमा रहेका ह्याचरी उद्योगसमेत धराशाही भएका छन्। उत्पादित चल्ला १० देखि १५ रूपैयाँमा बेच्नुपर्ने भएपछि उद्योग बन्द गरिएको हो।