बिहीबार, चैत १२, २०८२

प्रचण्डले दिउँसै भनेका थिए- रवि पक्राउ पर्छन्

 |  शुक्रबार, कात्तिक २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

काठमाडौं- सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

National life

जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेलाई पक्राउ गर्न शुक्रबार अनुमति दिएको हो। लामिछानेमाथि अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले माग गरे अनुसार अदालतले पक्राउ पुर्जी जारी गरेको हो। उनलाई आजै पक्राउ गरेर पोखरा लगिँदैछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो लामिछाने पक्राउ पर्न सक्ने बताएका थिए। आफूले बोलाएको विपक्षी दलहरुको बैठकमा प्रचण्डले तीन दलको बैठकमा भएको छलफलका आधारमा यस्तो विश्लेषण सुनाएका हुन्।

टीआरसीबारे छलफल गर्न बुधबार बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठक बसेको थियो। बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबारे समेत छलफल भएको थियो।
 

प्रकाशित: Oct 18, 2024| 18:51 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्