मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मनकामना केबलकार नियमित सञ्चालनमा

 |  शुक्रबार, कात्तिक २, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

triton college
Metro Mart
vianet

मुग्लिन- मनकामना केबलकार पुनः नियमित सञ्चालनमा आएको छ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो। 
 
उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि मनकामना केबलकार सञ्चालनमा ल्याइएको हो।

केबलकारको प्रवेशद्वार बटम स्टेसन भने चितवनको इच्छकामना गाउँपालिका ४ चेरेसमा छ। 

प्रकाशित: Oct 18, 2024| 18:31 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्