मंगलबार, जेठ १९, २०८३

महोत्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

 |  शुक्रबार, कात्तिक २, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २, २०८१

जलेश्वर- गौशालानगरपालिका– ३ पचाईन टोलमा आज करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ, भने दुई किशोरी घाइते भएका छन् । 

National life

मृत्यु हुनेमा स्थानीय विहारी महतोकी छोरी १४ वर्षीया करिनाकुमारी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले बताए।

आज बिहान खेतमा धान काट्नका लागि दुई दिदीबहिनीसँग जाँदै गर्दा उनीहरुलाई करेन्ट लागेको थियो । स्थानीय विनोद महतोले जङ्गली जनाबरबाट बाली जोगाउन खेतमा लगाएको विजलीको नाङ्गो तारबाट उनीहरुलाई करेन्ट लागेको थियो । करिनाकुमारीको घटनास्थलमै मृत्यु भएको हो । 

बहिनी करिनालाई बचाउने क्रममा उनकी दिदी १८ वर्षीया राधाकुमारी र १४ वर्षीया विभाकुमारी महतो घाइते भएका छन् । उनीहरु दुवैको गौशालास्थित निजी क्लिनिकमा उपचार भइरहेको छ छ । हाल उनीहरु स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

खेतमा करेन्ट प्रवाह गर्ने विनोद उक्त घटनापछि सम्पर्कबिहीन छन् । मृतक करिनाको शव परीक्षणका लागि बर्दिबास अस्पतालमा पठाएको छ । घटनाबारे अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ ।

Shivam cement

प्रकाशित: Oct 18, 2024| 17:31 शुक्रबार, कात्तिक २, २०८१
प्रतिक्रिया दिनुहोस्