सोमबार, असार २३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • दलहरूलाई आयोगको निर्देशन- महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नू

दलहरूलाई आयोगको निर्देशन- महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नू

 |  बिहीबार, कात्तिक १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १, २०८१

vianetvianet

काठमाडौं- निर्वाचन आयोगले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारी दिने राजनीतिक दललाई महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको छ।

स्थानीय तह उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा उम्मेदवार मनोनयन पत्र पेस गर्दा उम्मेदवारी दिने राजनीतिक दलले महिला उम्मेदवार रहनेगरी मनोनयन पत्र पेस गर्न निर्देशन दिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।

सो उपनिर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भएका राजनीतिक दललाई स्थानीय तह निर्वाचन ऐनबमोजिम निर्देशन दिइएको उनले स्पष्ट पारे। 

प्रकाशित: Oct 17, 2024| 17:00 बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्