शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सवारी दुर्घटनामा तीनको मृत्यु, चारजना मृत फेला

 |  बिहीबार, कात्तिक १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं- चितवन, भरतपुर महानगरपालिका-४ नवदुर्गा चोकमा प्र-३-०३००१ प २४९६ नम्बरको मोटरसाइकल बा.१ च १०४९ नम्बरको कारमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही महानगरपालिका-५ बस्ने ३१ वर्षीय रितेश यादवको मृत्यु भएको छ ।

triton college

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकल ना.२५ प ५७९९ नम्बरको मोटरसाइकलसँग ठक्कर खाई कारमा समेत ठोक्किएर दुर्घटना भएको थियो । साथै ना. २५ प ५७९९ नम्बरको मोटरसाइकल चालक र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, गणेशमान चारनाथ नगरपालिका-७ गोदारस्थित सडकमा झापाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.५ ख ३६२७ नम्बरको हाईस अनियन्त्रित भई दुर्घटना हुँदा हाईसमा सवार तेह्रथुम आठराई गाउँपालिका-२ बस्ने ४९ वर्षीय बासु देब गौतमको मृत्यु भएको छ । मंगलबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर अस्पताल काठमाडौंमा थप उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोलुखुम्बु, खुम्बु पासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित सडकमा पैयाबाट खरिखोलातर्फ जाँदै गरेको प्र १-०७-००१ त ००१८ नम्बरको ट्याक्टर सडकबाट करिब ५ सय मिटर तल खसेर बुधबार राति दुर्घटना हुँदा चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-७ गुन्सा बस्ने २४ वर्षीय मिङमा दावा शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको खरिखोला सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत फेला
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-८ केउरेनी स्याङबोखोर बस्ने ६० वर्षीय मेघनाथ गिरी सोही ठाउँस्थित बारीमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

Metro Mart
vianet

डोटी, के.आई सिंह गाउँपालिका-२ तिखात्तरस्थित क्याम्पभित्र अर्घाखाँची सितगंगा नगरपालिका-८ घर भएका ४५ वर्षीय गोपाल रेश्मी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

बारा, सुवर्ण गाउँपालिका-५ औरैयास्थित कबही बरियापुर सडकको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन्।

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-४ गोकर्ण माइती नेपालस्थित प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

प्रकाशित: Oct 17, 2024| 11:10 बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्