शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

पाँच प्रदेशका पहाडी भागमा वर्षा हुने

 |  बिहीबार, कात्तिक १, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १, २०८१

काठमाडौं- हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । 

triton college

देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम  सफा रहने छ । कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना  छ ।

प्रकाशित: Oct 17, 2024| 07:32 बिहीबार, कात्तिक १, २०८१
प्रतिक्रिया दिनुहोस्