सोमबार, जेठ १८, २०८३

खर्च घटाउन माल्दिभ्समा मन्त्रीसहित २२५ जनाको नियुक्ति खारेज

 |  बुधबार, असोज ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३०, २०८१
National life
Shivam cement

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले देशको खर्च घटाउने भन्दै मन्त्रीसहित २२५ भन्दा धेरै राजनीतिक नियुक्ति खारेज गरेका छन्।

माल्दिभ्सले ऋण सङ्कट टार्न सङ्घर्षरत रहेको बेला राष्ट्रपति मोहम्मदले गएको वर्ष सत्तामा आएपछि नियुक्त गरेका व्यक्तिलाई हटाउने आदेश दिएका हुन्। राजनीतिक नियुक्तिहरूको कटौतीले राष्ट्रपतिको सरकारी कार्यप्रणालीलाई सुव्यवस्थित गर्ने र सार्वजनिक कोषको अझ प्रभावकारी प्रयोग सुनिश्चित गर्ने व्यापक प्रयासहरूसँग मेल खाने राष्ट्रपति मोहम्मद मुइज्जुको कार्यालयले निकालेको वक्तव्यमा उल्लेख छ । 

बर्खास्त भएकामा सात राज्यमन्त्री, ४३ उपमन्त्री र एक सय ७८ जना निर्देशकहरू रहेका छन् । झण्डै पाँच लाख जनसङ्ख्या भएको सानो देशमा काम नै स्पष्ट नभई पद ओगट्नुको कुनै अर्थ नरहेको राष्ट्रपतिको भनाइ छ । यो व्यापक कटौतीले मासिक झण्डै तीन लाख ७० हजार डलर बचत हुने देखिएको छ । 

प्रकाशित: Oct 16, 2024| 19:54 बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्