बुधबार, भदौ ३, २०८३

कर छलेर ल्याइएका १० लाख रुपैयाँबराबरको सामान बरामद

 |  बुधबार, असोज ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३०, २०८१

पर्सा- वीरगञ्ज भन्सारमा सशस्त्र प्रहरी बलले १० लाख रुपैयाँ मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ। बरामद गरिएका सामानमा ‘मोटरपार्टस्, कस्मेटिक, मोबाइल एसेसरिज’ छन्।

सशस्त्र प्रहरी बलका नायब उपरीक्षक नरेन्द्रसिंह धामीका अनुसार सवारी साधनसहित भन्सार छलेर भित्र्याएका सामान भन्सार कार्यालयलाई बुझाइएको हो।

यही असोज २३ गते पनि भन्सार छलेर गोदाममा राखेको २१ लाख २१ हजार ८ सय रुपैयाँ बराबरका कपडा बरामद भएको थियो।

प्रकाशित: Oct 16, 2024| 18:31 बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्