बुधबार, भदौ ३, २०८३

वीपी राजमार्ग राति १० घण्टा बन्द हुने

 |  बुधबार, असोज ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३०, २०८१

गत असोज १० गतेदेखि परेको अविरल वर्षा र बाढीपहिरोका कारण क्षति भएको वीपी राजमार्गको धुलिखेल-भकुण्डेवेसी-वर्षेखोला सडक खण्ड बन्द हुने भएको छ।

काभ्रे जिल्लाभित्र पर्ने १ नम्बरपुल- चौकीडाँडा-वर्षेखोला खण्डको करिब ८ किलोमिटर सडक ट्रयाकको मर्मत तथा सुधार कार्य गरी यात्रा थप सरल तथा सुरक्षित बनाउने कार्य भइरहेकोले यो खण्ड बन्द हुने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

कार्यालयले सूचना प्रकाशित गरेर सडक बन्द हुने जानकारी दिएको छ। चौकीडाँडा-बर्षेखोला खण्ड पूर्ण रुपमा बगाएकोले हाल ट्रयाक निर्माण गरी यात्रुवाहक सवारीसाधनको लागि मात्र आवागमन खुलाइएको छ।

काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो दूरीको वीपी राजमार्ग सडक विभाग, स्थानीय पालिका, नेपाली सेना तथा प्रहरीको अग्रसरतामा १४ दिनपछि दशैंको नवमीको दिनदेखि एकतर्फी खुलेको थियो।

 

प्रकाशित: Oct 16, 2024| 16:20 बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्