सोमबार, मंसिर २९, २०८२

धनगढीको सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

 |  बुधबार, असोज ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३०, २०८१

कैलाली- धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपैयाँबराबरको चामल बिक्री गरेको छ। यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो।

National life

सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक/एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिए।

डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए।

कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर बिक्री गरिरहेको हो। सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने छ। रासस

प्रकाशित: Oct 16, 2024| 20:01 बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्