मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • धौलागिरीमा ज्यान गुमाएका ५ रसियन आरोहीको शव काठमाडौं ल्याइयो

धौलागिरीमा ज्यान गुमाएका ५ रसियन आरोहीको शव काठमाडौं ल्याइयो

 |  बुधबार, असोज ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३०, २०८१

काठमाडौं- धौलागिरि हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँचजना रसियन पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ ल्याइएको छ।

National life

रसियन पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौं ल्याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिएका हुन्। 

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समित ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए। इटली आधार शिविरबाट शवलाई काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए। 

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो।

प्रकाशित: Oct 16, 2024| 15:28 बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्