बिहीबार, मंसिर ६, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

मिथिलाञ्चलमा कोजाग्रत पर्वको तयारी

 |  बुधबार, असोज ३०, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असोज ३०, २०८१

मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ ।

triton college

असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरिन्छ । पूर्णिमा तिथि आज साँझ सुरु भएपछि कोजाग्रतका विधि प्रारम्भ गरिनेछन् । 

असोज शुक्लपक्षको साँझ सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वीको विचरणमा आउने र ‘को जागैछन् ?’ भनेर हेर्ने हुँदा यस दिनलाई ‘कोजगरा’ (कोजाग्रत) भनिएको पाका मैथिल बताउँछन् । मिथिलामा यो रात जाग्राम बस्ने चलन छ । कोजाग्रत पूर्णिमाका दिन जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरिन्छ ।

पान, मखानसहित महालक्ष्मीको पूजाआराधना गरिन्छ । भोलिपल्ट सूर्योदय भएपछि कोजाग्रत पूजा समापन गरिन्छ । कोजाग्रतमा महालक्ष्मीको आराधना गर्नाले कहिल्यै दरिद्र नहुने जनविश्वास छ । कोजाग्रतका दिन मिथिलामा दूध मखान र पान पनि खाने चलन छ ।

पान, मखान दुवै सौन्दर्य र सुखको प्रतीक मानिन्छन् । यसै परम्पराले कोजाग्रतमा पान र मखानको विशेष महत्व छ ।

Metro Mart
vianet

प्रकाशित: Oct 16, 2024| 08:40 बुधबार, असोज ३०, २०८१
प्रतिक्रिया दिनुहोस्