मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'सबै नेपाली शान्ति सैनिक सुरक्षित छन्'

 |  मंगलबार, असोज २९, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २९, २०८१

triton college
Metro Mart
vianet

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ। 

सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिए। प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए। 

“शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले रासससँग भने। हाल लेबनानमा आठ सय ७७ नेपाली शान्ति सैनिक छन्।
 

प्रकाशित: Oct 15, 2024| 19:18 मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्