मंगलबार, पुस १, २०८२

चितवनमा स्क्रब टाइफस फैलिँदै

 |  मंगलबार, असोज २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असोज २९, २०८१

चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ। साउनयता दुई हजार १४४ जनाको परीक्षणका क्रममा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो। 

National life

सङ्क्रमितमध्ये एक सय ९६ जना चितवनका र एक सय ९० जना जिल्लाभन्दा बाहिरका रहेका जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पट्टेलले जानकारी दिए। सङ्क्रमितमध्ये सो अवधिमा एक जनाको मृत्यु भएको उनले बताए।  

जिल्लामा सबैभन्दा बढी भरतपुर महानगरपालिकामा सङ्मित देखिएका छन्। पट्टेलका अनुसार भरतपुर महानगरपालिकामा ९०, रत्ननगरमा ३३, राप्तीमा २०, खैरहनीमा १७, कालिका नगरपालिकामा ११ र माडी नगरपालिकामा सात तथा ईच्छाकामना गाउँपालिकामा १८ जनामा सङ्क्रमण देखिएको छ। 

स्क्रब टाइफस ओरिएन्टा सुसुगामुसी नामक जीवाणुबाट हुने सङ्क्रामक रोग हो। साधारणतया यो जीवाणुले मानिसलाई प्रत्यक्ष असर नपारी झाडीमा पाइने किर्ना (माइट्स) लाई सङ्क्रमण गर्छ। सोही सङ्क्रमित किर्ना मुसालगायत अन्य जनावरका शरीरमा बस्छन्। सङ्क्रमित किर्नाले टोकेको मुसा वा जनावर मानिसको सम्पर्कमा आएर शरीरमा टाँसिए वा टोकेमा स्क्रब टाइफस सर्ने गरेको चिकित्सकहरू बताउँछन्। 

यो रोगबाट सङ्क्रमित मानिसमा उच्च ज्वरो आउने, आँखा रातो हुने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, श्वास फेर्न गाह्रो हुने, टाउको, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा देखिने र टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने जनस्वास्थ्य अधिकृत पट्टेलले बताए। यस रोगको सङ्क्रमणबाट जोगिन झाडीमा नजाने, शरीर ढाक्ने गरी लामो कपडा लगाउने, मुसा तथा सङ्क्रमित जनावरसँग टाण रहने जस्ता सावधानी अपनाउन उनले आग्रह गरे। 
 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 15, 2024| 19:06 मंगलबार, असोज २९, २०८१
प्रतिक्रिया दिनुहोस्